
काठमाडौं, ५ वैशाख । अजोड इन्स्याेरेन्स र युनाटेड इन्स्याेरेन्सले विशेष साधारण सभा डाकेका छन् । मर्जरकाे प्रस्ताव पारित गर्नका लागि दुबै कम्पनीले वैशाख २५ गते विशेष साधारण सभा डाकेका हुन् ।
अजोडकाे साधारण सभा युनाइटेड ट्रेड सेन्टर त्रिपुरेश्वरमा डाकिएकाे छ । युनाइटेडकाे सभा अनमोल ब्यांक्वेट शंखमूल काठमाडौंमा डाकिएकाे हाे । दुबै सभा पूर्वान्ह ११ बजे डाकिएकाे छ । सभाले मर्जरकाे प्रस्ताव पारित गर्नेछ ।
दुबै कम्पनीबीच मर्जर भएपछि कम्पनीकाे नाम युनाइटेड अजोड इन्स्याेरेन्स रहने र काराेबार यसै नामबाट हुने प्रस्ताव पारित गरिने भएकाे छ । दुई कम्पनीबीच १०० बराबर ८२.५ रेसियाेमा मर्जरमा जाने सहमति हुनेछ ।
विशेष साधारणसभाका लागि अजोड इन्स्याेरेन्सलेले वैशाख १२ गते बुकक्लोज गर्ने बताएकाे छ । युनाइटेड इन्स्याेरेन्सले वैशाख १३ गते बुकक्लोज गर्ने भएकाे छ ।
अजोडको सभामा सरिक हुनका लागि लगानीकर्ताले वैशाख ११ गतेसम्म सेयर काचराेबार गरी कायम भएकाे हुनुपर्नेछ । युनाइटेडको सभामा भाग लिनका लागि वैशाख १२ गतेसम्म सेयर काराेबार गरेकाे हुनुपर्नेछ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




