
खजुरा, ६ वैशाख । कोभिड–१९ को महामारीका क्रममा नेपालगन्ज सीमानाकामा निर्माण गरिएको होल्डिङ सेन्टर स्थानीय प्रशासनले त्यसको विकल्प खोज्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले होल्डिङ सेन्टर प्रयोगका लागि रक्षा मन्त्रालयलाई तीन विकल्पसहितको सुझाव पठाएको छ ।
तीन सदस्यीय अध्ययन कार्यदल बनाएर सुझाव सङ्कलन गरेको स्थानीय प्रशासनले प्राप्त सुझावका आधारमा मन्त्रालयलाई प्रस्ताव पठाएको हो । “हामीलाई रक्षा मन्त्रालयले यो विषयमा के–के गर्न सकिन्छ भनेर सुझाव मागेको थियो, तीन विकल्प पठाएका छौँ”, प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले भने।
स्थानीय प्रशासनले बहुउपयोगी एकीकृत पुनःस्थापना केन्द्रको सम्भावना औँल्याएको छ । पुनःस्थापना केन्द्र सञ्चालन गर्न सके एकै ठाउँमा धेरैलाई सेवा दिन सकिने उनको भनाइ छ । होल्डिङ सेन्टरलाई अस्पतालका रूपमा उपयोग गर्नसमेत सुझाव आएको छ ।
भेरी अस्पतालको नयाँ भवन निर्माणाधीन रहेकाले वैकल्पिक अस्पतालका रूपमा उक्त संरचना प्रयोग गर्न प्रस्ताव गरिएको छ । प्रजिअ आचार्यले भने, “होल्डिङ सेन्टर प्रयोगका लागि स्थानीय तहको वा अस्पतालकै रूपमा चलाउने विषयमा पनि छलफल भएको छ ।”
विपद्का बेलामा बाढीपीडितलाई राख्न सकिनेलगायत विषयमा पनि छलफल भएको छ । “निजी क्षेत्रका लागि निश्चित समय ठेक्कामा दिन सकिन्छ कि भन्ने विषयमा पनि छलफल भएको छ”, उनले भने।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




