
पोखरा, ९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीकाे सत्ताबाट बहिर्गमन भएकाे छ । शनिबार बसेकाे प्रदेशसभा वैठकमा दाेश्राे पटक विश्वासकाे मत प्राप्त गर्न नसकेपछि उनि सत्ताबाट बहिर्गमनमा परेका हुन्।
उनले पेश गरेकाे विश्वासको मतकाे पक्षमा २४ मत खस्याे भने बिपक्षमा ३५ मत खसेकाे छ। गण्डकी प्रदेशसभामा ६० सदस्य रहेका छन्। अधिकारीले ३१ सांसदको समर्थन पाएकाे भए सरकारमा रहन सक्षम हुने थिए ।
एमाले र राप्रपाकाे २४ मत पाउदा माओवादी केन्द्रकाे ७, नेपाली कांग्रेस २७ र नेकपा एकिकृत समाजवादीकाे १ मतसहित ३५ भाेट बिपक्षमा पर्दा गण्डकी प्रदेशले अब चाैथाे मुख्यमन्त्री छिट्टै पाउने भएकाे छ । मुख्यमन्त्रीकाे बारेमा गठबन्धनकाे घटक कांग्रेस र माओवादीबीच कुरा मिलेकाे छैन।
अधिकारी गएकाे पुस २५ गते एमाले, माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थन लिएर गण्डकीकाे मुख्यमन्त्री भएका थिए ।उनले शुक्रबार मात्रै सरकारकाे १०० दिनका उपलव्धिहरु रहेकाे १६ पृष्ठकाे उपलव्धिहरु बारे पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका थिए । उनकाे कार्यकाल साडे तीन महिनासम्म चल्याे ।
यसअघि चैत्र १० गते नेकपा माओवादी केन्द्रले अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि अधिकारीकाे सरकार अल्पमतमा परेकाे थियाे । सरकारमा बस्नका लागि फेरि विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्थाकाे कारण उनले शनिबार विश्वासकाे मत लिन प्रस्ताव गरेपनि सफल हुन् सकेनन्।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




