दाँया इञ्जिन फेल भएकाे फ्लाइ दुबईकाे जहाज काठमाडौंमा अवतरण नगरी गन्तब्यतिरै उड्याे

-



     सफल आवाज    
     वैशाख ११ गते २०८० मा प्रकाशित



काठमाडाैं, ११ बैशाख । काठमाडौंबाट दुबईका लागि उडेकाे दाया इञ्जिन फेल भएकाे फ्लाइ दुबई बिमान काठमाडौंमा अवतरण गर्ने कुनै तयारी नगरी गन्तब्यतिरै उडेकाे छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको भन्दै एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिए । तर उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरेनन । उडानलाइ गन्तब्यतिरै लगेकाे राडारमा देखिएकाे छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमार्फत फ्लाई दुबई सुरक्षित साथ गन्तव्यतिर उडेकाे जानकारी दिएका छन्।