
काठमाडौं, १२ वैशाख । माईखोला हाइड्रोपावरकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको बताइएकाे छ। कम्पनीले बैशाख ८ गतेदेखि सर्वसाधारणका लागि १२ लाख ६९ हजार ४११ कित्ता सेयर खुलाएकाे थियाे ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि तथा वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेकाे छ ।
जारी पूँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशतले हुने १५ करोड २९ लाख रुपैयाँ बराबरको १५ लाख २९ हजार ४११ कित्ता से्यर छुट्याइएकोमा ७६ हजार ४७९ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड भइसकेकाे छ । ३० हजार ५८८ कित्ता कर्मचारीहरुका रहेकाे छ। बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
सेयर लगानीकर्ताले घटीमा १० तथा बढीमा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्। यसका लागि सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र ताेकिएका शाखाहरुबाट आवेदन दिन पाइनेछ ।
कम्पनीले ३ मेगावाटको सुपरमाई क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यसकाे लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ। विद्युत उत्पादनकाे अनुमति साडे ३० वर्ष बाँकी छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




