
काठमाडौं, १३ वैशाख । बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । उनि जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गर्दै विजयी भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले यादवले २८ हजार ४ सय १५ मत पाए । कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए ।
नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत ल्याए। चितवन र तनहुँमा विजयी भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार ८ सय २९ मत पाए ।
प्रतिनिधिसभा सदस्यतर्फ चितवन, तनहुँ र बारामा भएकाे निर्वाचनकाे परिणामअनुसार दुई सिटमा रास्वपा विजयी भएकाे छ। बारामा भने गठबन्धनका यादव विजयी भएका हुन्।
बारा–२ मा ६९ हजार १ सय ७ मत खसेको थियो । मंसिर ४ गतेको चुनावमा यादव जनमतका सिके राउतसँग पराजित भएका थिए ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




