
काठमाडौं, १४ बैशाख। काठमाडाैंकाे ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेकाे कामना सेवा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बैंकर दिनेश थकाली नियुक्त भएका छन् ।
बैक सञ्चालक समितिको बुधबार बसेको बैठकले थकालीलाइ ४ वर्षका लागि सीईओमा नियुक्त गरेको बैंकले जनाएको छ । उनी यसअघि प्रभु बैंक लिमिटेडको नायव महाप्रबन्धककाे जिम्मेवारीमा रहेका थिए ।
प्रभु क्यापिटलमा समेत कार्यकारी निर्देशक भएर २ वर्ष काम गरेका थकालीले सांग्रिला डेभलपमेन्ट बैंकमा कामु सीईओ भएर पनि काम गरिसकेका छन ।
चार्टर्ड एकाउण्टेण्ट समेत रहेका थकालीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातक गरेका छन । यसका अलवा लण्डन स्कूल अफ इकोनोमिक्स लण्डन, एआईटी थाइल्याण्ड लगायतका संस्थाहरुबाट बैंकिङ तथा व्यवस्थापन सम्बन्धि अध्ययन गरेका छन् ।
थकालीकाे नियुक्ती संगै बैकले थप उचाइ हासिल गर्ने र अझ बिश्वासिलाे अग्रणी बिकास बैक बन्नेमा बिश्वस्त रहेकाे बैंक संचालक समितिले बताएकाे छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




