एनएमबि लघुवित्त र नेसनल माइक्रोफाइनान्सको साधारण सभा आज, यस्ता छन् एजेण्डा

-



     सफल आवाज    
     वैशाख १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ वैशाख । लाभांश वितरणकाे प्रस्ताव पारित गर्न आज दुइ कम्पनीले साधारण सभा गर्दैछन। एनएमबि लघुवित्त वित्तीय संस्था र नेसनल माइक्रोफाइनान्सको वार्षिक साधारण सभा आज डाकिएकाे हो ।

एनएमबि लघुवित्त

एनएमबि लघुवित्तको साधारण सभाले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र त्यसकाे कर प्रयोजनार्थ ०.५२६३% नगद लाभांशसहित १०‍.५२६३ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नेछ । 

सभामा कम्पनीको प्रबन्धपत्र संशोधन, अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जरका लागि कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश हुनेछन्। सभाले वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय अवश्थामाथि छलफल गरी पारित गर्नेछ । 

सभा सिटी स्क्वायर न्यूरोड, पोखरामा दिउँसो १२ः३० बजे बाेलाइएकाे छ । साधारण सभाका लागि चैत १७ गतेदेखि बुक क्लोज गरिएकाे थियाे। सभामा भाग लिन र लाभांश पाउनकालागि चैत १६ गतेसम्म नेप्सेमा सेयर काराेबार गरेकाे हुनुपर्नेछ।

नेसनल माइक्रोफाइनान्स

नेसनल माइक्रोफाइनान्सकाे साधारण सभा धादिङ क्रिक रिसोर्ट, धादिङबेसीमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ। सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमाेदन गर्नेछ । कम्पनीले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेकाेले यसपटक नगद लाभांश राखेकाे छैन । 

यस्तै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत एजेण्डाहरुमा छलफल गरी पारित गरिने भएकाे छ । यस्तै समिट लघुवित्तसँग मर्जरका लागि भएकाे समझदारीपत्र, सम्पति तथा दायित्व मूल्यांकनका लागि संयुक्त मर्जर समितिद्वारा नियुक्त लेखापरीक्षकको नियुक्ति लगायतका एजेण्डाहरुमा छलफल गरि पारित गरिनेछ ।

नेसनल माइक्रोफाइनान्सले वैशाख ४ गतेदेखि बुक क्लोज गरिसकेकोले वैशाख ३ गतेसम्म सेयर काराेबार गरेर कायम भएका सेयरधनीहरले सभामा भाग लिन र लाभांश पाउन याेग्य मानिनेछन् ।