अर्थमन्त्री महत र जर्मनी राजदूतबीच भेटवार्ता, स्वच्छ उर्जा, प्रसारण लाइन र औषधीजन्य उद्योगमा लगानी गर्न रुची

-



     सफल आवाज    
     वैशाख १५ गते २०८० मा प्रकाशित





काठमाडौं, १५ बैशाख। नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतसँग जर्मनीका राजदूत डा. थोमस प्रिन्जले भेटवार्ता गरेका छन । सो भेटमा राजदूत प्रिन्जले नेपालमा स्वच्छ उर्जा र प्रसारण लाइन बनाउन त्यस क्षेत्रमा सहयोग गर्ने बताएका छन ।

साथै उनले नेपालमा औषधीजन्य उद्योगमा लगानी गर्न रुची रहेको समेत जानकारी गराए । अर्थमन्त्री डा. महतले समेत नेपालमा धेरै लगानी भित्राउने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।