
काठमाडौं, १६ वैशाख । केन्द्रीय बैक (नेपाल राष्ट्र बैंक) ले करिब १ अर्बकाे ‘वैदेशिक रोजगार बचतपत्र–२०८५’ बिक्रीमा ल्याउने भएकाे छ । बैंकले सूचना जारी गर्दै भाेलि आइतबारदेखि ९७ करोड ७५ लाख ७० हजार रुपैयाँको ‘वैदेशिक रोजगार बचतपत्र–२०८५’ बिक्री गर्ने भएको हाे ।
राष्ट्र बैंकले जारी गरेकाे सूचना अनुसार वैदेशिक रोजगारमा संलग्न रहेका नेपाली तथा गैरआवासीय नेपालीका लागि साे बचतपत्र बिक्रीमा ल्याउन लागिएकाे हाे ।
बैंकले जारी गर्ने बचतपत्र विदेशमा रोजगारमा रहेका अथवा रोजगारीबाट स्वदेश फर्किएको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासी नेपालीले आफू रवा परिवारका सदस्यको नाममा खरिद गर्न पाउनेछन्।
बचतपत्रकाे वार्षिक ११ प्रतिशत ब्याज रहेकाे छ। ५ वर्षमा साँवा भुक्तानी हुने साे बचतपत्रकाे ब्याज भुक्तानी ६–६ महिनामा गरिने राष्ट्र बैंकले जनाएको छ। बैंकका अनुसार बचतपत्र बिक्री गर्न वा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने भएकाे छ। यसकाे खरिदका लागि जेठ १७ गतेसम्म आवेदन दिन पाइनेछ ।
बचतपत्रमा लगानीका लागि लगानीकर्ताले काठमाण्डौमा रहेकाे सिटिजन्स् बैंक इन्टरनसेनल, नबिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट र सिटी एक्सप्रेस मनी ट्रान्सफर, आइएमई लिमिटेड, एनएमबि बैंकबाट आवेदन दिन पाइनेछ ।
यस्तै ग्लोबल आइएमई बैंक, नेपाल बैंक, ई–सेवा मनी ट्रान्सफर र नेपाल रेमिट इन्टरनेसनलमा गएर आवेदन दिन पाउनेछन्। साथै राष्ट्र बैंकको वेबसाइट www.nrb.org.np अन्तर्गत Monetary Management भित्र रहेको अनलाइन प्रणालीबाट आवेदन दिन पाइनेछ ।
राष्ट्र बैंकले जारि गरेकाे सूचना यस्ताे छ:








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




