
काठमाडौं, १७ वैशाख । ईङवा हाइड्रोपावरकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले बैशाख १३ गतेदेखि सेयर निष्काशन गरेकाे थियाे।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरेको थियाे।
जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुने १२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि छुट्याएकोमा आयोजना प्रभावित क्षेत्रका जनताका लागि बाँडफाँड गरी बाँकी बिक्री नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको सेयर थपेर १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणका लागि जारि गरिएकाे हो।
साे सेयरबाट १ लाख २० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि बाँडफाँड भइुकेकाे छ ।२९ हजार ८६३ कित्ता कर्मचारीहरुको लागि र ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड भइसकेकाे छ।
कम्पनीले १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्। सेयर भर्न इच्छुक लगानीकर्ताले घटीमा १० तथा बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।
कम्पनीले ९.७ मेगावाटको ईङवा खोला साना जलविद्युत आयोजना प्रबर्धन गरिरहेको छ। यसकाे लागत १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। विद्युत उत्पादन अवधि ३१ वर्ष बाँकी रहेको छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




