सूचना प्रविधि दिवसमा यस्ताे छ नेपाल टेलिकमको अफर

-



     सफल आवाज    
     वैशाख १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ वैशाख । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ । दिवसका अवसरमा कम्पनीले आजदेखि भ्वाइस र डाटा प्याकेज उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यो अफर यही वैशाख १९ गतेसम्म लागू हुनेछ । यसअन्तर्गत ४९ मा एक दिन चलाउन सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने एक सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

यसैगरी डाटा प्याकेजअन्तर्गत ९८ मा तीन दिन चलाउन सकिने छ जिबी डाटा,१ सय ९९ मा ७ दिन चलाउन सकिने १३ जिबी डाटा, २ सय ९४ मा १० दिन चलाउन सकिने २० जिबी डाटा र ३ सय ९९ मा १५ दिन चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध छ ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ वैशाख १९ गते मनाइँदैछ ।