आज अमेरिकी डलरकाे भाउ स्थिर, अन्यकाे कस्ताे ?

-



     सफल आवाज    
     वैशाख १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विदेशी मुद्राको दरभाउ अनुसार अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६३ पैसा बिक्रिदर १३१ रुपैयाँ २३ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६४ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ १ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८३ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३१ पैसा रहेको छ ।

यहाँ छ आजको मूल्यसूची