गुल्मी अस्पतालले शुरू गर्याे हाडजोर्नी उपचार सेवा

-



     सफल आवाज    
     वैशाख २१ गते २०८० मा प्रकाशित



गुल्मी, २१ बैशाख । अबदेखि गुल्मीमै हाडजोर्नी उपचार हुने भएकाे छ । रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो । सेवाग्राही टुमाराम गिरी जिल्लामै उपचार पाएपछि खुसी छन ।

यही उपचारका लागि पाल्पा, बुटवल र काठमाडाैं जाने बाध्यता रहेकामा हाल नगरपालिकाले अस्पताललाई सहयोग गरेपछि उपचार गर्न सजिलो भएको उनले बताए । गुल्मी अस्पतालबाट हाल औसतमा दैनिक ६० देखि ७० बिरामीले हाडजोर्नीको उपचार गराउँदै आएका छन ।

यसमा ५ देखि ७ जनाले जन्मजात हातखुट्टा बाङ्गाटिङ्गा समस्याको उपचार गराएकाे अस्पतालले जनाएकाे छ। हातखुट्टा बाङ्गाटिङ्गाको सहज उपचार जिल्लामै सम्भव रहेको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा प्रदीप शिवाकोटीले बताए । उनले हाडजोर्नीको समस्या हुँदा अब उपचारका लागि टाढा जान नपर्ने बताएका छन ।

नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर काम गरिरहको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । “हाडजोर्नीको समस्या हुँदा पाल्पा जानुपर्ने अवस्था थियो” उनले भने, “गुल्मी अस्पतालमै उपचार पाएपछि गुल्मेली नागरिकलाई राहात मिलेको छ ।” नगरपालिकाले गुल्मी अस्पताललाई मिर्गौला डायलाइसिस मेसिन समेत प्रदान गरेको छ ।