सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनाग्रस्त, पाइलटसहित २ जना स्थानीय सख्त घाइते

-



     सफल आवाज    
     वैशाख २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ वैशाख । सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको छ। माथिल्लो अरुण हाइड्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर उक्त स्थानमा दुर्घटनामा परेको हो ।

संखुवासभाकाे भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको बताइएकाे छ। दुर्घटनामा हेलिकप्टरका पाइलटसहित हेलिकप्टरमा सवार २ जना स्थानीय घाइते भएका छन्। उनीहरूको उद्धार गरेर उपचारका लागि पठाउने तयारी भइरहेको स्थानियले जानकारी दिएका छन।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन्। हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला अाेसारिरहेकाे थियाे ।