सेयरबजार राताम्मै, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

-



     सफल आवाज    
     वैशाख २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ वैशाख। संसदमा आर्थिक वर्ष २०८०-२०८१ का लागि ल्याईने बजेटका बारेमा बहस भईरहेको बेला सेयर बजार सकारात्मक लयमा जान सकेको छैन ।

साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । सबै सूचकांकहरु राताम्मै भएका छन् । कारोबार रकममा पनि उल्लेखनिय प्रगति देखिएन ।

सेयर बजारका जानकारहरुले अबको बजेटको निश्चित आकार, लक्ष्य र यसले यसले गर्ने संवोधनपछि थाहा हुने बताउँछन् । बजारसंग अनुकुलन हुनेगरि बजेटले संवोधन गर्यो भने पुनः सेयर बजार उकालोमा यात्रामा जानेछ । तर यो विषय अहिले लगानीकर्ताका लागि पर्ख रहेरको अवश्थामा रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक यसदिन १६.९३ अंकले घटेर १८३३.६९ विन्दुमा झरेको छ । नेप्सेमा ०.९१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.४१ अंकले घटेर ३५२.३७ विन्दुमा रहेको छ ।

कुल २७० कम्पीको सेयर कारोबार भएको छ । उनीहरुको २८ लाख १० हजार ६२७ कित्ता सेयरको खरिदबिक्रीबाट ८२ करोड ४२ लाख १७ हजार १ रुपैयाँ ८५ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको ३ करोड ७८ लाख २१ हजार २८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ८.०५ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै इष्टर्न हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको । कम्पनीको सेयरमू्ल्य ९.९९ प्रतिशतले घटेको छ ।