
नयाँ दिल्ली, २५ वैशाख । भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई यहाँस्थित एउटा घरमा खस्दा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो ।
“पाइलटलाई सकुशल उद्धार गरिएको छ। मिग एउटा घरमा खस्यो। २ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्,“ प्रहरी अधिकारी सुधिर चौधरीले पश्चिमी राज्य राजस्थानमा दुर्घटनापछि एएफपीलाई बताएका छन् । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।