लिवर्टी इनर्जीले सम्पन्न गर्याे तेह्रौं साधारण सभा

-



     सफल आवाज    
     वैशाख २५ गते २०८० मा प्रकाशित



काठमाडाैं, २५ बैशाख । लिवर्टी इनर्जी कम्पनीको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । संचालक समितिका अध्यक्ष कुशकुमार जोशीेको सभापतित्वमा सम्पन्न साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०७६-०७७, २०७७-०७८ र २०७८-०७९ को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण छलफल गरि पारित गरेकाे थियाे ।

सभाले नयाँ सञ्चालकहरुको चयन गर्ने, हकप्रद शेयर निष्काशन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ । हाल यस कम्पनीसँग ३ वटा जलविद्युत आयोजनाको स्वामित्व रहेकोमा लमजुङ जिल्ला स्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना निर्माण सम्पन्न भई गत २०७९ मंसिर १७ गतेबाट व्यापारिक उत्पादन शुरु भइरहेको छ ।

कम्पनीको स्वामित्वमा रहेका अन्य आयोजनाहरुमा १.६ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता हुने क्रममा रहेको तथा २४.६ मे.वा क्षमताको बडिगाड खोला जलविद्युत आयोजनाको समेत कनेक्सन एग्रिमेन्ट सम्पन्न भई विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गर्ने क्रममा रहेको प्रवन्ध सञ्चालक डा. आत्माराम घिमिरेले साधारण सभामा जानकारी गराएका थिए।

साधारण सभाबाट संस्थापक समुहबाट ५ जना, सर्वसाधारण समुहबाट १ जना गरि ६ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन । जसमा डा. आत्माराम घिमिरे, श्याम बहादुर खड्का , राजेन्द्र वस्ती, पुरुषोत्तम घिमिरे,कविता पोख्रेल, लोचन कोइराला र स्वतन्त्र संचालकमा अनुज्ञा सापकोटालाई निर्वाचित र नियुक्त भएकाे बताइएकाे छ ।