हिमाल दोलखा हाइड्रोकाे हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन

-



     सफल आवाज    
     वैशाख २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ बैशाख । हिमाल दोलखा हाइड्रोपावरले निष्काशन गरेकाे हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ।

हाइड्रोपावरले बुधबार बैशाख २७ गते बुक क्लोज गर्ने बताएकाे छ । कम्पनीका अनुसार ७५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागिएकाेले यसैकाे प्रयाेजनका लागि बुक क्लोज गरिने भएकाे हाे ।

हकप्रद सेयरमा आजसम्म बुधबारसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरु मात्रै हकप्रद सेयरका लागि आवेदन दिन याेग्य मानिनेछन्।

कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ ७.५ काे रेसियाेमा हकप्रद सेयर जारि गर्ने भएकाे छ । याे भनेकाे १ अर्ब २० करोड रुपैयाँ बराबरको हाे ।

प्रतिकित्ता रु १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर जारि गरिने भएकाे छ । चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको कम्पनीले जनाएकाे छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।