
काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।
खाणलाइ प्रहरीले अाज बिहान निवासबाटै पक्राउ गरेको हाे । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनकाे संलग्नता देखिएपछि शाेधपुछका लागी पक्राउ गरिएकाे प्रहरी स्राेतले बताएकाे छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाणका पत्नी मञ्जु खाणलाई ६ करोड बुझाएको भनिएकाे अडियो बाहिरिएको थियो।
हिरासतमा रहेका अभियुक्तहरूको बयानका आधारमा क्रमश उच्च पदस्थ अधिकारीहरू तानिएका छन्। प्रहरीका अनुसार पूर्व गृहमन्त्री बालकृष्ण खाँणकाे प्रकाउपछि अन्य हाइप्राेफाइल भनिएका ब्यक्तिहरू पनि तानिन सक्ने बताइएकाे छ ।
घटनाको अनुसन्धानका लागि खाणलाई उनकाे निवासबाट नियन्त्रणमा लिएर परिसर ल्याइएको प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन ।
यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ ।
उक्त घटनाका अर्का आरोपित नेकपा (एमाले) का सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार रहनुभएकाले प्रहरीले खोजी गरिरहेको जनाएको छ ।