आगामी बजेट उत्पादन र रोजगारमुखी हुनेछ: मुख्यमन्त्री कार्की

-



     सफल आवाज    
     वैशाख २७ गते २०८० मा प्रकाशित



विराटनगर, २७ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष बजेट उत्पादन बढाउने र रोजगार सिर्जना गर्नेमा केन्द्रित हुने बताएका छन ।

नेपाल नगरपालिका सङ्घद्वारा आयोजित ‘वित्तीय सङ्घीयता र स्थानीय तहको योजना तर्जुमा’ प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान आधा हिस्सा मात्र आउनु र प्रदेशमा राजस्व पनि सङ्कलनमा कमी आउनुले समस्या उत्पन्न भएको बताएका हुन् ।

राजस्व सङ्कलनको स्थिति यथावत् रहेमा बजेट कम आकारको बन्ने उनको भनाइ छ । उनले दायित्व बढ्ने र बजेट स्रोत कमजोर हुने अवस्था देखिएको भन्दै स्थानीय तहले अतिआवश्यक ठाउँमा मात्रै लगानी गर्न सुझाव दिए ।

सङ्घीयता बलियो बनाउन विगतका कमी कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले स्थानीय तहले बजेट निर्माण गर्दा उत्पादन बढाउने, रोजगार सिर्जना गर्ने र सौन्दर्यकरणमा बढी केन्द्रित गर्नुभर्ने समेत बताए ।