फरवार्ड लघुवित्तकाे नाफा र इपीएस घट्याे

-



     सफल आवाज    
     वैशाख २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ वैशाख । फरवार्ड लघुवित्त वित्तीय संस्थाकाे नाफा घटेकाे छ । यसका साथै लघुवित्तकाे इपिएस पनि घटेकाे छ ।

संस्थाकाे प्रकाशित चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार चैत मसान्तसम्ममा ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। याे नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ९३.५५ प्रतिशतले कम हो। गएकाे वर्ष याे नाफा रु ६७ करोड ६४ लाख रहेकाे थियो।

संस्थाकाे खुद ब्याज आम्दानी घट्दा र इम्पेरमेन्ट चार्ज बढ्दा यसकाे असर नाफामा परेकाे हाे । लघुवित्तकाे यस आर्थिक वर्षको प्रतिसेयर आम्दानी गएकाे वर्षकोभन्दा १०० रुपैयाँ बढी घटेको छ। इपिएस १०६ रुपैयाँ ८१ पैसा रहेकोमा रु १०१ रुपैयाँ ३० पैसा घटेर ५ रुपैयाँ ५१ पैसा कायम भएकाे छ।

खुद ब्याज आम्दानी ३२.०३ प्रतिशतले घटेको छ । खुद फि र कमिशन आम्दानी ४२.०२ प्रतिशतले, कुल सञ्चालन आम्दानी २९.६७ प्रतिशत तथा सञ्चालन मुनाफा ९३.५० प्रतिशतले घटेको छ। निष्क्रिय कर्जा बढेकाे छ । याे १.८६ प्रतिशतले बढेर ५.८८ प्रतिशत भएकाे छ। विवरणका अनुसार इम्पेरमेन्ट चार्ज ४८ करोड ५५ लाख रुपैयाँ रहेकाे छ।

संस्थाकाे वितरणयोग्य नाफा ६७ करोड ८८ लाख रुपैयाँ छ। नेटवर्थ २५८ रुपैयाँ ५८ पैसा तथा मूल्य आम्दानी रेसियाे २३३.२१ गुणा छ। जगेडामा रु १ अर्ब ६७ करोड ३९ लाख रहेकाे छ। रु ८ अर्ब ४७ करोड रुपैयाँ निक्षेप रहेकाे छ भने सापटीबाट १९ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ।