गृह प्रशासन र सुरक्षा निकायलाई नियमित याेग प्रशिक्षण गराइने

-



     सफल आवाज    
     वैशाख २८ गते २०८० मा प्रकाशित



काठमाडाैं, २८ बैशाख । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग आफैँमा परम्परागत चिकित्सा पद्धति र जीवनशैली भएको बताएका छन ।

पतञ्जलि योग पीठ नेपालको तत्वावधानमा आज सशस्त्र प्रहरीबलको प्रधान कार्यालयमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै उनले योग वैज्ञानिक र व्यवहारिक रहेकाले यसले चित्त सुद्धी र अनुशासन कायम गर्दै सकारात्मक ऊर्जाका साथ स्वस्थ जीवन जीउन प्रेरित गर्ने उल्लेख गरेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालय अन्तर्गत् गृह प्रशासन तथा सुरक्षा निकायमा पनि योग र ध्यानलाई नियमित गर्ने गरी शिविर सञ्चालनका साथै यसलाई नियमित अगाडि बढाइनेसमेत बताए ।

उनले योगलाई जीवनपद्धति तथा जीवन संस्कृतिको रुपमा आत्मसाथ गर्न सकियो भने सिङ्गो मानव समाजलाई सकारात्मक बनाउनाका आ–आफ्नो कार्यक्षेत्रको कार्य सम्पादनमा राम्रो परिणाम ल्याउन योगदान पुर्याउने बताए ।

कार्यक्रममा गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकास प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक लगायतको सहभागिता थियो ।