प्रधानमन्त्रीसँगकाे भेटमा लामिछानेले भने- ‘भ्रष्टाचार र अनियमितता विरुद्धको अभियानमा पूर्ण समर्थन छ’

-



     सफल आवाज    
     वैशाख २९ गते २०८० मा प्रकाशित



काठमाडौ, २९ वैशाख प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

भेटमा सभापति लामिछानेले भ्रष्टाचार र अनियमितताका विरुद्ध सरकारले अगाडि बढाएको अभियानमा आफ्नो पूर्ण साथ र समर्थन रहेको बताए ।

यस्तै, उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको कामलाई तार्किक निष्कर्षमा पु¥याउन आफ्नोतर्फबाट साथ रहने बताए।