निर्णय कार्यान्वयन नहुँदै सरकारले रोक्यो जग्गाकाे कित्ताकाट

-



     सफल आवाज    
     वैशाख ३१ गते २०८० मा प्रकाशित



काठमाडौं, ३१ वैशाख । सरकारले जग्गाको कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नहुदै फेरी रोकेको छ । मन्त्रिपरिषद्‍ले यसबारे पुनः प्रस्ताव पठाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हाे ।

मन्त्रिपरिषद् बैठकले भू-उपयोग नियमावली २०७९ काे संशोधन गर्दै जग्गाको कित्ताकोट खोल्ने निर्णय गरिसकेको थियो । तर विभिन्न विषयहरु अस्पष्ट रहेको भन्दै मन्त्रालयलाई पुनः प्रस्ताव पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले निर्देशन दिएको बताइएकाे छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश जोशीले भू-उपयोग नियमावली संशोधनका लागि २/३ वटा मात्रै विषय सम्बोधन गर्ने गरी संक्षिप्तमा प्रस्ताव पठाएको र मन्त्रिपरिषद्‍को आर्थिक तथा पूर्वाधार समितिमा छलफलपछि पुनः प्रस्ताव पेश गर्न निर्देशन आएको बताए ।

जोशीका अनुसार अहिले मन्त्रालयले पुनः प्रस्ताव तयार गर्न आन्तरिक गृहकार्य गरिरहेको छ ।