यस कारण घट्याे राष्ट्र उत्थान लघुवित्तको मूनाफा

-



     सफल आवाज    
     जेठ १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ जेठ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाकाे नाफामा गिरावट देखिएकाे छ । संस्थाकाे प्रकाशित भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार गएकाे वर्षकाेभन्दा चालु वर्षमा नाफा घटेको हाे।

संस्थाले चैत मसान्तसम्म ३ करोड ७२ लाख रुपैयाँ नाफा कमाएकाे छ। यो नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा ३२.९६ प्रतिशतले कम देखिएकाे छ । गएकाे वर्षमा याे नाफा रुपैयाँ ५ करोड ५५ लाख रहेकाे थियो। संस्थाकाे खुद ब्याज आम्दानी घटेकाे र इम्पेरमेन्ट चार्ज बढ्दा नाफा घटेकाे हाे ।

खुद ब्याज आम्दानी २.७८ प्रतिशत, कमिशन आम्दानी ४७.१५ प्रतिशत र सञ्चालन आम्दानी १६ प्रतिशतले घटेको पाइएकाे छ। निष्क्रिय कर्जा बढेर ४.९६ प्रतिशत पुगेको छ। यसअघि याे १.१९ प्रतिशत रहेकाे थियाे । इम्पेरमेन्ट चार्ज १ करोड ७१ लाख रुपैयाँ पुग्दा नाफा र खुद नाफा दुबै ३२.९६ प्रतिशतले गिराव६ भएकाे छ।

इपिएस अर्थात प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३९ पैसा घटेर १९ रुपैयाँ १० पैसा कायम भएकाे छ। मूल्य आम्दानी रेसियाे ३४.७७ गुणा छ । यसकाे नेटवर्थ १८० रुपैयाँ १४ पैसा छ।

संस्थाकाे चुक्ता पूँजी २५ करोड ९९ लाख रुपैयाँ रहेकाे छ । जगेडामा रुपैयाँ २० करोड ८४ लाख रहेकाे छ। ३ अर्ब १८ करोड ६३ लाख रुपैयाँ निक्षेप रहेकाे देखिन्छ भने सापटीमा रुपैयाँ ३ अर्ब ४९ करोड ८९ लाख कर्जा प्रवाह गरिएकाे छ।