नेपाल व्यवस्थापन संघ गण्डकीका पदाधिकारीले गरे मुख्यमन्त्री पाण्डेसँग भेटघाट र छलफल

-



     सफल आवाज    
     जेठ १ गते २०८० मा प्रकाशित



पाेखरा, १ जेठ। नेपाल व्यवस्थापन संघ (MAN) गण्डकीका पदाधिकारीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेटघाट र छलफल गरेका छन। संघकाे टाेलीले नवनियुक्त मुख्यमन्त्री पाण्डेलाई कार्यकालको पुर्ण सफलताकाे सुभकामना ब्यक्त गर्दै नेपाल व्यवस्थापन संघले गण्डकी प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेकाे बताएकाे छ ।

संघका अध्यक्ष डा. वीर बहादुर कार्कीकाे नेतृत्वमा गएकाे टोलीले प्रदेश सरकारले ल्याउने निति तथा कार्यक्रम र योजनाहरुका विषयमा सुझाव, सल्लाह सहित ब्यवस्थापकीय सहकार्य गर्न संस्था तयार रहेको बताएका छन ।

साथै संस्थाले हालसम्म गरेका मुख्य कार्यक्रमहरू र भावी कार्यक्रमका बिषयमा समेत जानकारी गराइएकाे थियाे । साे अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अागामी दिनमा नेपाल व्यवस्थापन संघ गण्डकी प्रदेशसंग सहकार्य गरेर अघि बढ्ने समेत बताए ।

उक्त भेटघाट र छलफलमा नेपाल व्यवस्थापन संघ गण्डकी च्याटरका अध्यक्ष डा. वीर बहादुर कार्की, सचिव माधव बस्ताकाेटी, काेषाध्यक्ष सुर्य राेक्का, बोर्ड सदस्यहरू दुर्गाप्रसाद हुमागाई ,गणेश ब. थापा र प्रकाश रेग्मी लगायतको सहभागिता रहेकाे थियाे।