सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने

-



     सफल आवाज    
     जेठ २ गते २०८० मा प्रकाशित



काठमाडौं, २ जेठ । सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सभामुख देवराज घिमिरेसँगको भेटमा सो जानकारी दिएका थिए।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । सो भेटमा संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको बालुवाटार स्राेतले बताएकाे छ ।

संसद् सञ्चालनका लागि सभामुख घिमिरेले सबै दलसँग समन्वय र सहकार्यको गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले सह्राना गरेका थिए । आजबाट संसदीय समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको भन्दै उनले संसदमा विचाराधिन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको समेत बताएका थिए ।