
काठमाडौं, २ जेठ। एनआईसी एसिया बैंकले केही संस्थापक सेयर बिक्री गर्ने भएकाे छ। बैंककाे ३ लाख ४५ हजार ६८० कित्ता सेयर बोलकबोल मार्फत् लिलाम बिक्री गर्ने भएको हो।
एनआईसी एसिया बैककाे उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३६५ रुपैयाँ ताेकिएकाे छ। खरिद गर्न इच्छुक ब्यक्तिले सो मूल्यभन्दा कममा बोलपत्र पेस गर्न नमिल्ने भनिएकाे छ।
न्युनतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम शतप्रतिशत खरिद गर्न सकिने बैकले सुचनामा भनेकाे छ। इच्छुकले जेठ ९ गतेसम्म पेस गरिसक्नुपर्ने जनाइएकाे छ। उक्त सेयर व्यक्ति वा संस्था जो कोहीले खरिद गर्न सक्नेछन।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




