

पोखरा, २ जेठ । नेपाल बैंकर्स एसोसिएसन गण्डकी प्रदेश कमिटिको अध्यक्षमा सूर्यबहादुर रोका चयन भएका छन् । मंगलबार बसेको भेलाले नबिल बैंकका गण्डकी प्रदेश प्रमुख सुर्य राेकालाइ सर्वसम्बत अध्यक्षमा चयन गरेकाे हाे । उनी यसअघि नेपाल बैंकर्स एसोसिएसन गण्डकी प्रदेश कमिटिकाे उपाध्यक्ष थिए।
त्यस्तै उपाध्यक्षमा प्राइम बैंकका गण्डकी प्रदेश प्रमुख सूर्यप्रसाद तिवारी चयन भएका छन् । सचिवमा बिनोद भण्डारी चयन भए । उनी सिटिजन्स बैंकका गण्डकी प्रदेश प्रमुख हुन् ।
एसोसिएसनको सदस्यमा शान्ति शेरचन (प्रभू बैंक गण्डकी प्रदेश प्रमुख), दिव्या थापा (हिमालयन बैंक गण्डकी प्रदेश प्रमुख), प्रकाश कँडेल (कृषि विकास बैंक गण्डकी प्रदेश प्रमुख) र उज्वल बैद्य (लक्ष्मी बैंक गण्डकी प्रदेश प्रमुख) रहेका छन् ।
अध्यक्षमा चयन भएपछि राेकाले मन्तब्य ब्यक्त गर्दै नेपाल बैंकर्स एसोसिएसन गण्डकीका सदस्य बैकर साथीहरूसंग समन्वय गरेर कार्य गर्दै अघि बढ्ने बताए ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




