नेपाल व्यवस्थापन संघ गण्डकी च्याप्टरले गर्याे एनटिएचएमसीमा अन्तरक्रिया

-



     सफल आवाज    
     जेठ ३ गते २०८० मा प्रकाशित



पाेखरा, ३ जेठ। नेपाल व्यवस्थापन संघ गण्डकी प्रदेश च्याप्टरले पाेखराकाे नेपाल टुरिजम एण्ड हाेटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी) मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । कलेजमा अध्यनरत बिएचएम र बिबिए बिआइका बिधार्थीसँग टुरिजम र बिजनेसका बिषयमा आज छलफल र अन्तरक्रिया गरिएकाे हाे ।

उक्त कार्यक्रमका बक्ताहरू पर्यटन व्यवसायी तथा हाेटल स्नाेल्याण्डका कार्यकारी प्रमुख गणेश बहादुर थापा र पाेखरा नुडल्स प्रा लिका नायव प्रमुख कार्यकारी अधिकृत अन्जना पाण्डे रहेका थिए ।

दुबै बक्ताहरूले बिषयगत रूपमा समग्र पर्यटन व्यवसाय र यसकाे प्रभाव तथा नेपालकाे उधाेग ब्यवसायकाे अवस्था, झेल्नुपरेकाे समस्या र भविष्यमा गर्न सकिने संभाबित कार्ययाेजनाका बिषयमा आआफ्ना भनाइ राखेका थिए। बक्ताहरुले नया नया स्टार्टअप बिजनेस गर्न चाहनेहरुलाई अहिलेको समयमा बजारमा माग भएका र थोरै पुजीमा कसरी नयाँ व्यावसाय शुरु गर्न सकिन्छ भन्ने बिषयमा समेत जानकारी दिएका थिए । साथै बिधार्थीका विभिन्न जिज्ञासाहरूकाे जबाफ समेत दिएका थिए ।

नेपाल टुरिजम एण्ड हाेटल म्यानेजमेन्ट कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले याे छलफल तथा अन्तरक्रियाबाट बिधार्थीले धेरै राम्रा कुरा सिक्न पाएकाे भन्दै भावी दिनमा अन्य कार्यक्रमहरूमा पनि नेपाल व्यवस्थापन संघ गण्डकी प्रदेशसँग सहकार्य गर्न कलेज तयार रहेकाे बताए ।

नेपाल व्यवस्थापन संघ (MAN) गण्डकी च्याटरका सचिव माधव बस्ताकाेटी र बोर्ड सदस्य दुर्गाप्रसाद हुमागाईले याे छलफल कार्यक्रम अत्यन्त फलदायी भएकाे बताए । साथै उनिहरूले नेपाल व्यवस्थापन संघकाे परिचय सहित संस्थाले हालसम्म गरेका गतिबिधि तथा भावी कार्यक्रमका बिषयमा प्रकाश पारेका थिए ।

नेपाल टुरिजम एण्ड हाेटल म्यानेजमेन्ट कलेज र नेपाल व्यवस्थापन संघ गण्डकी च्याटरकाे संयुक्त आयाेजनामा सम्पन्न उक्त कार्यक्रमकाे सहयाेगी संस्था एनटिएचएमसी युथ डेभलपमेन्ट क्लब रहेकाे थियाे ।