वर्षामा ५० र हिउँद याममा ३० युनिट विजुली निःशुल्क

-



     सफल आवाज    
     जेठ ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ जेठ । सरकारले वर्षा याममा ५० र हिउँदमा ३० युनिट विजुली खपत गर्नेलाई निःशुल्क विजुली उपयाेग गर्न दिने भएकाे ५ । यस्तै दुई वर्षभित्रमा घर घरमा विजुली पुर्याइने भएको छ । साथै विपन्न वर्गलाई निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा छ । 

संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वर्षामा मासिक ५० युनिट र हिउँयाममा ३० युनिट विजुली द्युत खपत गर्नेलाई निःशुल्क गर्ने जानकारी दिएका हुन् । 

यस्तै ग्यासकाे बिस्थापनकाे नीति अनुसार विद्युत् उपयाेगलाइ बढावा दिने सरकारकाे नीति रहेकाे छ । यस्तै बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाउने सरकारकाे नीतिमा समावेस गरिएकाे छ ।

प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने र हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिने भएकाे छ ।