
काठमाडौं, ७ जेठ । नेपालको पर्यटन विकासका लागि छिमेकी मुलुक भारत र चीनका प्रमुख सहरमा हवाई उडान सुरु गर्नुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ ।
बुढानीलकण्ठ-१० कपन, निलोपुलमा गत वर्ष गठित बहस मण्डपले नेपालको पर्यटन विकासका विषयमा आयोजना गरेको छलफलमा सहभागी कूटनीतिज्ञ, पर्यटनका ज्ञाता तथा अर्थशास्त्रीहरुले भारतीय पर्यटकको सङ्ख्या बढाउन त्यहाँका प्रमुख सहरमा पर्यटन केन्द्र स्थापना गर्दै विभिन्न ‘टुर प्याकेज’ सञ्चालन गर्नुपर्नेमा जोड दिए।
सम्बद्ध सरकारी निकाय र पर्यटन व्यवसायीबाट गुणस्तरीय पर्यटन सेवा उपलब्ध गराउनुपर्ने, देशभित्र पर्यटकीयस्थलको विकास र सहर व्यवस्थापन, धार्मिक, सांस्कृतिक, पर्वतारोहण, पदयात्रा, चलचित्र निर्माण, जलयात्रा, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, हाइअल्टिच्युड स्की आदि विधागत पर्यटनको व्यावसायिक विकास हुनुपर्नेमा जोड दिए।
सरकारले पर्यटकीय पूर्वाधार निर्माण, ठाउँ ठाउँमा शौचालय, खानेपानी आदिको न्यूनतम सुविधाका साथै अनुगमनको पनि व्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ छ । कार्यक्रमको सहजीकरण डेनमार्कका लागि पूर्वराजदूत तथा पत्रकार युवनाथ लम्सालले गरेका थिए।
बहसमा अर्थशास्त्री डा जयप्रसाद लम्साल तथा पदयात्री एवं लेखक विष्णुप्रसाद शर्मा पराजुलीले नेपालले पर्यटन क्षेत्रको विकास गरी फाइदा लिन धेरै काम गर्नुपर्ने औँल्याए।
बहसमा पूर्वप्रशासक, विद्युत्कर्मी एवं वित्तीय क्षेत्रका विज्ञको सहभागिता थियो । बहस मण्डपको आगामी हप्ताको बहस नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा केन्द्रित हुने संयोजक डा लम्सालले जानकारी दिए।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




