
मस्को, ८ जेठ । युक्रेनको कब्जामा रहेको जापोरिजझिया आणविक केन्द्रलाई पुनः विद्युत् ग्रिडबाट विच्छेद गरिएको युक्रेनी भूभागमा रहेका रूसी प्रशासक र युक्रेनी आणविक एजेन्सीले सोमबार बताएका छन् । रूसी प्रशासनले टेलिग्राममा लेखेको छ, “‘हाई एक्टेन्सन लाइन’ काटिएका कारण प्लान्टले आफ्नो बाह्य विद्युत आपूर्ति गुमाएको छ ।
लोडसेडिङको कारणबारे अनुसन्धान भइरहेको छ साथै यसलाई ब्याकअप डिजेल जेनेरेटरले सञ्चालन गरिएको छ । युक्रेनको आणविक एजेन्सी एनरगोएटोमले रूसले सोमबार बिहान आक्रमण गरेको आरोप लगाउँदै सन् २०२२ मार्चमा मस्कोको सेनाले नियन्त्रणमा लिएपछि प्लान्टमा लोडसेडिङ् अवस्थामा गएकोे यो सातौं घटना भएको जनाएको छ ।
एनरगोएटोमका अनुसार जेनेरेटर प्रणाली सञ्चालनका लागि प्लान्टमा १० दिनका लागि पर्याप्त इन्धन मौज्दात छ । “यदि यो समयमा प्लान्टमा बाह्य ऊर्जा पुनः स्थापना गर्न असम्भव भएमा विकिरणको परिणाम निम्तिने खतरा हुन सक्छ,” एनरगोएटमले चेतावनी दिएको छ । यसैबीच, निप्रो क्षेत्रका गभर्नरले रातभर हवाई आक्रमण भएको र चारवटा रूसी क्षेप्यास्त्र र १५ वटा ड्रोन खसालेको र कम्तीमा आठ जना सर्वसाधारण घाइते भएको बताए।
दक्षिणपूर्वी युक्रेनमा अवस्थित युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र जापोरिजझियामा यसपहिले पनि रूसी क्षेप्यास्त्र आक्रमणका कारण विद्युत् कटौती भएको एनरगोएटमले जनाएको छ । यद्यपि, उक्त आक्रमणको केही घण्टापछि बाह्य विद्युत् आपूर्ति सुरु भएको थियो । जापोरिजियाले युक्रेनको लगभग २० प्रतिशत बिजुली आपूर्ति गर्नेगरेको शक्तिशाली विद्युत गृह हो ।
सेप्टेम्बरमा बिजुली उत्पादन रोक्नुअघि प्लान्टले रूसको आक्रमणको प्रारम्भिक महिनाहरूमा बारम्बार गोलाबारीको बावजुद काम जारी राखेको थियो । प्लान्टको छ वटा सोभियत–युगको रिएक्टरमध्ये कुनै पनि बिजुली उत्पादन गरेको छैन । तर विशेष गरी रिएक्टरहरू चिसो गर्र्ने यसको आफ्नै आवश्यकताहरूको लागि यसलाइृ युक्रेनी पावर ग्रिडसँग जोडिएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




