थ्रीस्टार हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     जेठ ९ गते २०८० मा प्रकाशित



काठमाडौं, ९ जेठ । थ्रीस्टार हाइड्रोपावरकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले बैशाख ११ गतेदेखि स्थानिय जनताका लागि का लागि ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर खुलाएकाे थियाे ।

जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि जारि गरिएकाे हाे।

सेयरमा खोटाङका हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ (साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खलेका जनताले आवेदन दिन पाउनेछन् ।

यस्तै राजापानी गाविस र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ (साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस) का जनताले आवेदन दिन पाउनेछन्। इच्छुक लगानीकर्ताले घटीमा १० तथा बढीमा ४ लाख ९२ हजार ५०० कित्ताका आवेदन दिन पाउनेछन्।

कम्पनीले ६.६ मेगावाटको साप्सुप खोला जलविद्युत आयोजनाको प्रबर्धन गरिरहेको छ । यसकाे लागत १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । विद्युत उत्पादन अनुमति ३० वर्ष बाँकी छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।