
काठमाडौं, १० जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर र यूरोलगायत अन्य देशहरुको मुद्राको भाउ घटेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १९ पैसा बिक्रिदर १३२ रुपैयाँ ७९ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ११ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ३२ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९३ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ ६९ पैसा र बिक्रीदर ९८ रुपैयाँ १३ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ १० पैसा र बिक्रीदर ९८ रुपैयाँ ५४ पैसा रहेको छ ।
आजको मूल्यसूची :
