
काठमाडौं, १२ जेठ। कुमारी बैंक लिमिटेडले १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएकाे छ। बैकले सिलबन्दी बोलकबोल मार्फत उक्त संस्थापक सेयर बिक्री गर्ने भएकाे हाे।
बैंकले सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तय गरेकोले साे मूल्यभन्दा कममा आवेदन दिन पाइने छैन। सेयर खरिद गर्दा कम्तिमा १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम सबै कित्ता किन्न पाइनेछ। बोलपत्र पेश गर्ने अन्तिम म्याद जेठ १९ गते रहेकाे बैककाे सुचनामा भनिएकाे छ।
सेयर लिन इच्छुक जो कोहीले सेयरमा आवेदन दिन सक्ने बैकले जनाएकाे छ। व्यक्ति, संस्था र विद्यमान संस्थापकहरुले खरिदका लागि बोलकबोल पेश गर्न सक्ने बताइएकाे छ।