‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानलाई

-



     सफल आवाज    
     जेठ १४ गते २०८० मा प्रकाशित



ललितपुर, १४ जेठ । ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । गाेदावरीस्थितमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज लगाइदिइन।

प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा आफूलाई अब्बल सावित गरिन। मिस नेपाल विजेता प्रधान काठमाडौँकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुन्।

प्रतियोगितामा रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधि हात पारिन् छ भने प्रसिद्धी शाहले ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि जितिन। समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो । मिस नेपालको आयोजना द हिडन ट्रेजरले वर्षेनी गर्ने गरेको छ ।

यसवर्ष नयाँ मिस नेपाल घोषणा गरिए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ मा जोशीले नै सहभागिता जनाउनेछन्। नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वल्र्डमा पठाइने कम्पनीले जानकारी दिएको छ ।