रिपब्लिक मिडियाकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     जेठ १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ जेठ । नेपाल रिपब्लिक मिडियाकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले बैशाख ३१ गतेदेखि ४ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको सेयर जारी गरेकाे थियाे । साे सेयर विदेशमा रोजगारमा रहेका नेपालीहरुका लागि जारी गरिएकाे हाे ।

कम्पनीले प्रतिसेयर रुपैंयाँ १०० अंकित दरकाे ४ लाख ३५ हजार ३०० कित्ता सेयर खुलाएकाे हाे। सेयरमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले घटीमा १० तथा बढीमा ५०० कित्ताका लागि आवेदन दिन पाउनेछन्।

सेयर भर्न चाहने लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक, वित्तीय संस्था तथा तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्। साथै मेराे सेयर अनलाइनबाट पनि सेयरका लागि आवेदन दिन सकिनेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।