
काठमाडौं, १६ जेठ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार राताम्मै भएको छ । अघिल्लो दिन साेमबार आर्थिक वर्ष २०८०/०८१ को वजेट प्रस्तुत भएपनि लगाानीकर्ताहरुले अपेक्षा गरे अनुसारको खुसि ल्याउन नसकेपछि तत्कालका लागि उनीहरुले यस्तो रियक्सन देखाएका छन् । लामो समयदेखि लगानीकर्ताहरु आफ्ना माग संवोधन नभएको भन्दै आन्दोलित हुँदै आएका थिए ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५३.१६ अंकले घटेर १८८८.६१ विन्दुमा झरेको छ । नेप्सेमा २ं.७४ प्रतिशले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ८.७२ अंकले घटेर ३६०.७१ विन्दुमा रहेको छ ।
यसदिन १३ वटै उपसमूहहर राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कुल २७५ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ७० लाख ७४ हजार २५५ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ३४ करोड १७ लाख ७७हजार ८४४ रुपैयाँ ६१ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा धेरै शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको २१ करोड २४ लाख ८१ हजार ९४३ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको सेउरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.२६ प्रतिशतले घटेको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




