
काठमाडौं, १८ जेठ । नबिल बैंक लिमिटेडले एकैसाथ ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैकले आज काठमाडौंमा एक कार्यक्रम गरी एकैसाथ उक्त शाखाहरुको उद्घाटन गरेको हो ।
‘नबिल बैंक अब तपाईसंग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैकिङ सेवा प्रदान गर्न सात वटै प्रदेशका बिभिन्न स्थानमा एकैपटक थप ३८ वटा शाखा सञ्चालन गरेको बैंकले जनाएको छ । पिछडिएका स्थानमा समेत नबिलको बैंकिङ सेवा पुर्याउने उद्धेश्यले उक्त ३८ शाखा सञ्चालनमा लयाएको बैंकले जनाएकाे छ ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले ८ वटा र बैंकका सञ्चालक निर्वाण चौधरीले ८ वटा शाखा उद्घाटन गरेका थिए । त्यस्तै बैंकका सञ्चालक आशा राणा अधिकारीले ८ र बैंक सञ्चालक अनन्त पौडेल र प्रविन टिवडेवालाले ७/७ वटा शाखा उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले अहिले उद्घाटन गरेको ३८ शाखा सहित हालसम्म बैंकको २५५ शाखा कार्यलय पुगेको बताए । उनले २०७६ सालमा ६ लाख ग्राहक मात्रै रहेको र अहिले १९ लाख ग्राहक पुगेको समेत बताए।

अरु बैंकहरु नपुगेको क्षेत्रहरुमा नबिलको विजनेश बढाउन जरुरी रहेको हुँदा थप ३८ शाखा ७ वटै प्रदेशमा बिस्तार गरेको नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले बताएका छन् । यो बर्षको अन्त्य सम्ममा २६५ शाखा सञ्चालन गर्ने बैंकको उद्धेश्य रहेको समेत पौड्यालले बताए ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




