
संयुक्त राष्ट्रसङ्घ, २० जेठ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले शुक्रबार सुडानमा रहेको संयुक्त राष्ट्र संघीय सङ्क्रमण सहायता मिसनको कार्यादेश यस वर्षको डिसेम्बर ३ सम्म बढाउने निर्णय गरेको छ।
सर्वसम्मतिले संकल्प २६८५ पारित गर्दै १५ सदस्यीय निकायले कार्यादेश कार्यान्वयनको प्रतिवेदन प्रत्येक ९० दिनमा परिषद् समक्ष पेश गर्न महासचिवलाई अनुरोध गर्दै यस विषयमा सक्रियतापूर्वक ध्यान दिने निर्णय समेत गरेको छ ।
परिषद् सदस्यहरूले सुडानले सामना गरिरहेका जटिल चुनौतीहरूमा संयुक्त राष्ट्रसंघको प्रतिक्रियाहरू समन्वय गर्न मिसनको उपस्थिति पहिले भन्दा बढी महत्त्वपूर्ण हुने पनि उल्लेक गरेका छन् । राजधानी खार्तुममा मुख्यालय रहेको सो मिसन सन् २०२० जुन ३ मा स्थापना भएको हो ।
शुरुमा १२ महिनाको अवधिको लागि स।थापना गरिए पनि दुई पटकसम्म विस्तार गरिएको थियो । सो मिसनको उद्देश्य सुडानलाई राजनीतिक स्थिरता, शान्ति निर्माण र विकासका क्षेत्रमा सही बाटोमा फर्काउने रहेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




