४ दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

-



     सफल आवाज    
     जेठ २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४ दिने भारतकाे भ्रमण पुरा गरेर आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहाल बेलुकी ६ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

४ दिने भारत भ्रमणको क्रममा उनले भारत सरकारसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणालीलगायतका विभिन्न सम्झौता गरे।

साे अवसरमा उनले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति र अन्य उच्च अधिकारीहरूसँग भेटघाट गरेका थिए ।

प्रधानमन्त्री दाहालले शुक्रबार मध्य प्रदेशको उज्जैनमा रहेकाे महाकालेश्वर मन्दिरमा १०८ किलो रुद्राक्ष चढाउनुका साथै पूजा पनि गरेका थिए ।