यमनी शान्ति प्रक्रियाबारे राष्ट्रसङ्घका विशेष प्रतिनिधिबीच छलफल

-



     सफल आवाज    
     जेठ २२ गते २०८० मा प्रकाशित



एडेन, यमन, २२ जेठ । यमनमा जारी युद्धविरामलाई स्थायी शान्ति प्रक्रियामा बदल्न यमनी पूतिनिधि । संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिनिधिबीच साउदी अरबको रियादमा भेटवार्ता भएको छ ।

यमनको प्रेसिडेन्सियल लिडरसिप काउन्सिल (पीएलसी) का अध्यक्ष रशाद अल अलिमीले संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्डबर्गसँग आइतबार साउदी अरबको राजधानी रियादमा भेटवार्ता गरेका छन् । भेटका क्रममा ग्रुन्डबर्गले अल–अलिमीलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा हालै भएका बैठकका नतिजाका बारेमा जानकारी गराए ।

संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिले यमनका जनताको आकाङ्क्षा पूरा गर्ने व्यापक राजनीतिक प्रक्रिया सुरु गर्न यमनलाई अहिले दिइएको अवसरबारे जोड दिए। ग्रुन्डबर्गले राज्यका संस्थाहरूको पुन ः स्र्थापना, सुरक्षा र स्थिरता सुनिश्चित गर्ने र दिगो शान्ति स्थापना राजनीतिक प्रक्रियाका प्राथमिकताहरूमा रहेको उल्लेख गरे।

आफ्नो तर्फबाट, अल–अलिमीले संयुक्त राष्ट्र सुरक्षा परिषद्को सम्बन्धित प्रस्तावहरू अनुसार ग्रुन्डबर्गको प्रयासलाई समर्थन गर्न पीएलसीको प्रतिबद्धतालाई पुष्टि गरे। उनले शान्तिको मार्गलाई पुन ः जीवित गर्न र यमनका जनताको पीडा कम गर्न अन्तर्राष्ट्रिय प्रयासलाई एकीकृत गर्नुपर्नेमा पनि जोड दिए।

हुथी विद्रोहीलाई तत्काल सबै प्रकारका शत्रुता अन्त्य गर्न र व्यापक राजनीतिक समाधानमा पुग्न गम्भीर र समावेशी वार्तामा संलग्न हुन आह्वान गर्दै बैठक सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । सन् २०१४ मा हुथी लडाकूसमूहले उत्तरी सहरहरू आफ्नो नियन्त्रणमा लिएर यमन सरकारलाई सानाबाट सत्ताच्युत गरेपछि यमन वर्षौंलामो सैन्य द्वन्द्वमा फसेको छ ।

द्वन्द्वका कारण ठूलो सङ्ख्यामा हताहत भएका छन् र यसले अरब विश्वको सबैभन्दा गरिब देशलाई व्यापक अनिकाललगायत मानवीय सङ्कटमा धकेलेको छ ।