
कोनाक्री, गिनी, २२ जेठ । गिनीमा सोमबार डुङ्गा डुब्दा कम्तीमा सात छात्राको मृत्यु भएको छ । पश्चिम अफ्रिकाको गिनीको उत्तरपूर्वमा रहेको नाइजर नदी तरेर सोमबारदेखि सुरु हुने उच्च विद्यालयप्रवेश परीक्षाका लागि ती छात्राहरू सहभागी भएपछि घर फर्कने क्रममा उनीहको मृत्यु भएको थियो ।
“सात जना विद्यार्थीले ज्यान गुमाएको खबरले हामी स्तब्ध भएका छौं,” साक्षरता तथा पूर्व–विश्वविद्यालय शिक्षा मन्त्री गुइलाम हाउइङले परीक्षा अवधि सुरु गर्न यस क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूसँग भने। मृत्यु हुनेमा उनकी सौतेनी बहिनी पनि रहेको सुरक्षा अधिकारी मामादी केइटाले एएफपीलाई बताए।
छात्राहरू विद्यालयको सातौं कक्षामा प्रवेश परीक्षाको लागि नाइजर नदी पारी गएका थिए । घटनामा अन्य व्यक्ति पनि हताहत भएको सूचनाका आधारमा उनीहरूको खोजी कार्य जारी राखिएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




