
पोखरा, २२ जेठ । विद्यालयलाई विद्यालयको रुपमा मात्रै नभई विद्यार्थीको व्यावहारिक सिकाईको घरको रुपमा हामीले लिएका छौं । उनीहरुलाई सामाजिक, सांस्कृतिक सम्पदायुक्त वातावरणमा अगाडी बढाउने सधैं उच्च लक्ष्य लिएकोले हामीले गर्ने र सोच्ने भनेको पनि सधैं उच्च लक्ष्यकै लागि हो ।
सोमबार विद्यालयको एसेम्बलिपछि आफ्ना विद्यार्थीको अगाडी उभिएर यस क्षेत्रकै अग्रणी विद्यालय पोखरा गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशोक पालिखेले भने, आजबाट हाम्रो विद्यालयमा पुनः चाईनिज भाषाको कक्षा शुरु भएको छ । उनले यसो भनिरहँदा विद्यार्थी, शिक्षक तथा त्यहाँ उपस्थित भएकाहरुको तालिको गडगडाहट चलेको थियो ।
मेरो एउटै सपना हो कि कसरी सधैं उत्कृष्टता हासिल गरिरहने ? यसैका लागि देश वा विदेशमा भईरहेका शिक्षण् सिकाईका नयाँ नयाँ विधिहरु ति विद्यार्थी, शिक्षक वा अविभावकका लागि पनि लागू गरिरहन मन लाग्छ र त्यो गरिरहेको पनि छु । र अहिले पुनः चाईनिज भाषाको कक्षा शुरु गरेको छु ।

विद्यालयमा कोभिड १९ भन्दा अगाडी चाईना कल्चर सेन्टर, चाईनिज दूतावासबाटै चाईनिज भाषा पढाउने शिक्षक आएर भाषा सिकाई रहेको अवश्था थियो । तर कोभिड आएपछि संचालन गर्न सकिएन । अहिले कोभिडको समस्या नभएकोले पुनः चाईनिज भाषाको शिक्षक बोलाएका छौं । उनले सबैका अगाडी परिचय पनि गराए कि उहाँ हुनुहुन्छ ताङ तिङ तिङ चाईनाबाट आउनु भएकी चाईनिज भाषा पढाउने शिक्षक । साेहि अवसरमा उनलाइ स्वागत पनि गरियाे ।

कोभिडपछि ३ वर्ष चाईनिज भाषाको पढाई गर्न नसकिए पनि अहिले अवश्था सहज भइसकेकाेले फेरि शुरु गर्न सफल भएका छौं । पालिखेले भने, शिक्षक एक एक वर्षका लागि हामीले बोलाएपछि आउनु हुन्छ । अहिले पनि त्यसै गरेका छौं उनले भने ।
हामीकहाँ मातृ भाषा, राष्ट्रिय भाषा नेपाली र अंग्रेजी जान्ने त भए । यसमा पनि आर्थिक, शैक्षिक, व्यावसायीक सबै कुराले सम्पन्न भएको देशको भाषा अर्थात चाईनाको चाईनिज भाषा सिकाउन पाईयो भने पछि त्यहाँ अध्ययन गर्न जान चाहने विद्र्याीलाई धेरै सजिलो हुनेछ । यसले विद्यार्थीको दक्षता अभिवृद्धिमा निकै सघाउ पुर्याउने हामीले आशा गरेका छौं, पालिखेले भने ।
चाईनिज भाषा सिकाउन थाल्नु भयो विद्यार्थी वा अविभावकले यसको कुनै भार व्योहोर्नु पर्छ कि पर्दैन ? भन्दा उनले अविभावकबाट चाईनिज भाषा सिकाएवापत् कुनै शुल्क नउठाउने र यो विद्यालयलेनै संयोजन गर्ने उनले बताए ।
अध्यक्ष पालिखेले अहिले कक्षा ५, ६ र ७ का विद्यार्थीलाई चाईनिज भाषाको कक्षा शुरु गरिएको बताए । विद्यार्थीको दक्षता, हित र भविष्यको लागि यो शुरु गरिएको हो । चाईनिज भाषा संगसंगै उनीहरुलाई चाईनिज संस्कार, संस्कृति र कलाको बारेमा पनि जानकारी हाँसल हुने उनले बताए ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




