
पोखरा २३ जेठ । गण्डकी कलेज अफ ईन्जिनियरिङ्ग एन्ड साइन्स लामाचौर, पोखराले यहि जेठ २५ र २६ गते “नवौं जि.सि.ई.एस आईटी एक्स्पो २०८०” को आयोजना गर्ने भएको छ। विद्यार्थीहरूको प्रतिभा तथा सिर्जनशिलतालाई हौसला प्रदान गरिनुका साथै Software Engineering र Information Technology को बारेमा जानकारी गराउने एक्स्पोको उदेश्य रहेको बताइएकाे छ।
सूचना तथा प्रविधिको विकास, विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन तथा यस क्षेत्रमा क्रियाशिल शैक्षिक संस्था तथा विद्यार्थीहरूलाई राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गर्नुका साथै पोखरालाई यसको केन्द्रविन्दु बनाउने उद्देश्यले आईटी एक्स्पो गर्न लागिएकाे हाे ।

एक्स्पोको पूर्व सन्ध्यामा जेठ २१ र २२ गते अन्तर विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा र वृक्षारोपण कार्यक्रम सम्पन्न भइसकेकाे छ। भाेलि २४ गते बिहान खुल्ला रक्तदान कार्यक्रम र टेक्निकल टक कार्यक्रमको आयोजना गरिनेछ । एक्स्पोको औपचारिक उद्घाटन कार्यक्रम २५ गते बिहान ११ बजे र समापन जेठ २६ गते दिउँसो २ बजे गरिने कुरा एक्स्पोका अध्यक्ष राजन अर्यालले बताएका छन । २ दिन सम्म संचालन हुने यस सूचना प्रविधिको मेलामा Software Exhibition, Coding Competition, Hardware Showcase, Gaming Competition साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिनेछ ।
जेठ २२ गते सम्पन्न अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा पोखराका जम्मा १४ विद्यालयले सहभागिता जनाएका थिए भने प्रतियोगितामा एस ओ एस गण्डकी प्रथम, ब्रह्मारुपा माध्यामिक विद्यालय दोस्रो तथा अम्बिका माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेका थिए । विजेता विद्यालयलाई जेठ २५ गते औपचारिक कार्यक्रममा नगद पुरस्कार तथा ट्रफि वितरण गरिने कार्यक्रम रहेको छ।


सफ्टवयर इन्जिनियरिङ्ग २०१८ ब्याचका विद्यार्थीहरुको आयोजनामा संचालन हुने यस सूचना प्रविधि मेलाको प्रदर्शन अवधि विहान ९ बजे देखि बेलुका ५ बजे सम्म जारी रहने कुराको जानकारी सहित पोखराका सम्पूर्ण विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुलाई यस कार्यक्रम अवलोकनका लागि कलेज परिवारले निमन्त्रणा पठाईएको जानकारी गण्डकी कलेज अफ ईन्जिनियरिङ्ग एन्ड साइन्स लामाचौरका क्याम्पस प्रमुख वीरेन्द्र खड्काले बताए ।
नेपालकै पहिलो सामुदायिक सफ्टवयर इन्जिनियरिङ्ग कलेजको रुपमा स्थापित यस क्याम्पसमा हाल स्नातक तहमा सफ्टवयर इन्जिनियरिङ्ग साथै कम्प्यूटर इन्जिनियरिङ्ग र स्नातकोत्तर तहमा ईन्फरमेशन सिस्टम इन्जिनियरिङ्गको पढाई भईरहेको कलेजका दिनेश भण्डारीले बताएका छन।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




