
हेटाैडा, २५ जेठ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरिरहेको हेटौँडा अस्पतालको सङ्घीय र प्रदेशका स्वास्थ्यमन्त्रीले अनुगमन गरेका छन् । सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले हेटौँडा अस्पतालको अनुगमन गरेका हुन ।
उनीहरूले अस्पतालको आकस्मिक कक्ष, बहिरङ्ग कक्ष, भर्ना भएका बिरामीको अवस्था, अस्पतालको औषधालयलगायतको अनुगमन गरेका थिए ।
अस्पताल र सर्वसाधारणको उपचारमा परेका समस्याको विषयमा उनीहरूले जानकारी लिएका थिए । अस्पतालमा उपचार गरिरहेका सर्वसाधरणका समस्या, गुनासा सुन्नुका साथै अस्पताल प्रशासनले राखेको समस्यासमेत समाधान गर्ने सङ्घीय स्वास्थ्यमन्त्री बस्नेतले बताए ।
देशैभरका स्वास्थ्यकर्मीको समस्या बढेको उल्लेख गर्दै उनले हेटौँडा अस्पतालमा पनि त्यस्ता समस्या रहेकाले यहाँ थप स्वास्थ्यकर्मी पठाउनका लागि पहल गर्ने विश्वास दिलाए ।
मन्त्री बस्नेतले गरिब परिवारका लागि १० प्रतिशत शय्या निःशुल्क रूपमा प्रयोग गर्ने वातावरण तयार गर्न पनि निर्देशन दिएका थिए । अहिले पनि स्वास्थ्यकर्मी सरकारी अस्पतालमा काम थोरै गर्ने र निजी क्लिनिकमा धेरै समय बस्ने गरेको उल्लेख गर्दै उनले भने “पहुँचका आधारमा कर्मचारी खटाएको ठाउँमा नजाने, कोही अस्पतालमा थुप्रिएर बस्ने त कोही अस्पतालमा स्वास्थ्यकर्मी नहुने समस्या धेरै छ ।”
हेटौँडा अस्पतालका प्रमुख डा रामचन्द्र सापकोटाले हेटौँडा अस्पताल हाल सरकारीस्तरबाट ५० शय्यामा मात्र सञ्चालनमा रहेको र प्रतिष्ठान अनि व्यवस्थापन समितिमार्फत भने अरु एक सय ५० शय्या थप गरेर सञ्चालन गरिएको बताए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




