
काठमाडौं, २५ जेठ। घरजग्गा धितो कर्जाकाे सीमा ७० प्रतिशत पुर्याउन घरजग्गा व्यवसायीहरुले माग गरेका छन्। नेपाल जग्गा तथा आवास विकास महासंघकाे टाेली र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भएको भेटमा महासंघले यस्तो माग गरेको हो ।
आगामी मौद्रिक नीतिको लागी सुझाव पेश गर्दै घरजग्गा व्यवसायीहरुले अहिले रियल इस्टेट सेक्टरले भोगिरहेको समस्या समाधानका लागि पहल गर्न गभर्नर अधिकारीसँग माग गरेका हुन् ।
महासंघका अध्यक्ष भेषराज लोहनीले गभर्नर अधिकारीलाई ‘लोन टु भ्यालु रेसियो’ रियल इस्टेट कम्पनीहरुलाई ७० प्रतिशत पुर्याउन आग्रह गरे । ‘अहिले उद्देश्य नखुलेकाहरुको हकमा ‘लोन टु भ्यालु रेसियो’ काठमाडौं उपत्यका भित्र ३० र बाहिरको हकमा ४० प्रतिशत मात्र छ, अध्यक्ष लोहनीले भने,‘यसलाई थप फराकिलो बनाउनुपर्छ।’
व्यवसायीको मागबारे छलफल गर्दै राष्ट्र बैंकका पदाधिकारीले उद्देश्य खुलेका घर कर्जाको हकमा ‘लोन टु भ्यालु रेसियो’ ६० प्रतिशत नै भएको बताएका थिए ।
महासंघले घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा कायम जोखिम भार १५० प्रतिशतलाई घटाएर १०० प्रतिशत कायम गर्न पनि राष्ट्र बैंकसँग आग्रह गरेको छ । उक्त भेटमा गभर्नर अधिकारीले घरजग्गा क्षेत्रमा आगामी मौद्रिक नीतिले अनुकूल व्यवस्था गर्ने आश्वासन दिएकाे महासंघका अध्यक्ष भेषराज लोहनीले जानकारी दिए ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




