
काठमाडौं, ३० जेठ । नेपाल बैंकर्स संघले असार महिनामा वाणिज्य बैंकहरुकाे निक्षेपको ब्याजदर यथावत रहने बताएकाे छ । संघको मंगलबार बसेको बैठकले असारमा जेठकै ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो ।
बैशाखमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएसँगै व्यक्तिगत बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत कायम गरिएको थियाे ।
हाल वाणिज्य बैंकहरुमा मुद्धती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत रहेको छ भने संस्थागत मुद्धती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत रहेको छ ।
उता असारमा निक्षेपको ब्याजदर यथावत् रहे पनि कर्जाको ब्याजदर भने केही घट्ने भएको छ । नेपाल राष्ट्र बैंकले हरेक महिना कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरेपछि असारमा बैंकहरुमा कर्जाको ब्याजदर घट्ने भएको हो ।
बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा पछिल्लो तीन महिनाको बेस रेटलाई आधार मान्नुपर्छ । असार अन्तिमसम्ममा बैंकहरुले स्प्रेड दर ४ प्रतिशतमा झार्नुपर्ने ब्यबस्था भएकोले पनि असारमा कर्जा ब्याजदर घट्ने संभावना देखिन्छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




